ताजा समाचार

फ्राइडे रिलिजमा बुद्वि तामाङका दुई फिल्म ‘मट्टी माला’ र ‘चङ्गा’ को भिडन्त, कुन फिल्म बन्ला सफल ?

काठमाडौं २५, । फ्राइडे रिलिज अन्तरगत आज नेपाली चलचित्र ‘चङ्गा’ र ‘मट्टी माला’ रिलिज हुने भएका छन् । तर अचम्मको कुरा के छ भने यी दुबै फिल्ममा बुद्वि तामाङ नै लिड रोलमा छन् ।

आखिर किन बुद्वि तामाङकाफ दुबै फिल्म एकै दिन हलमा उतारिएको होला त ? यसले उनको छविमा कुनै असर गर्ला या नगर्ला त्यो फरक कुरा हो तर, फिल्म पण्डितका अनुसार यस्ता कुराले कलाकारको हरेक कुरालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असफलता तिर डोर्याउने काम पक्कै गर्छ ।

यस्तो अवस्थामा कुन फिल्मले व्यापारिक रुपमा राम्रो प्रदर्शन गर्ला त्यो भने केहि दिनमा थाहा हुने नै छ तर अहिले यति भन्न सकिन्छ, दुबै फिल्मलाई सफलताको कामना ।

टेके पौरखी राईको निर्देशन रहेको ‘मट्टी माला’ मा प्रियंका कार्की, बुद्धी तामाङ, रजनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको कथा निर्देशक राई स्वयम्ले लेखेका हुन् ।

यस्तै, आजै रिलज भएको  अर्को चलचित्र ‘चङ्गा’ लाई हाँस्य कलाकार किशोर भण्डारीले निर्देशन गरेका छन् ।

‘चङ्गा’ मा बुद्धि तामाङ, रेश्मा तिमलसेना, लक्ष्मी बर्देबा, कमलमणी नेपाल लगायतका कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको कथा पनि निर्देशक भण्डारी स्वयम्ले लेखेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org