ताजा समाचार

रासस अध्यक्ष श्यामलको जीवनी

काठमाडौँ, ३१ जेठ (रासस) राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्षमा नियुक्त हरिहर अधिकारी (श्यामल) तीन दशकदेखि पत्रकारिता र साहित्य लेखनमा क्रियाशील हुँदै अाएका छन् ।

उनले तीसको दशकमा ‘मातृभूमि’ बाट पत्रकारिता शुरु गरेका थिए । दैलेखको गन्मगाउ“, पगनाथमा विसं २०१६ पुस ३० गते पिता उदयराम र माता कलावतीका कोखबाट जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गरेका छन्। उनले ‘रूपरेखा’ मासिक, ‘घोषणा’, ‘दृष्टि’, ‘प्रतिपक्ष’ (साप्ताहिक), ‘नया“ पत्रिका’ र ‘सौर्य’ (दैनिक)मा सल्लाहकार सम्पादक भई काम गरिसकेका छन् ।उनले विसं २०३६ देखि २०३९ सम्म ‘प्रख्यात’ साहित्यिक मासिक पत्रिकाको सम्पादन समूहमा पनि रही काम गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा विशेषज्ञ सेवा दिइसकेका उनले राष्ट्रिय अन्तर्राष्ट्रिय विकास परियोजना सञ्चालन गरिरहेका संस्थाका लागि विकास व्यवस्थापन तथा क्षमता विकास परामर्शदाता, प्रशिक्षक, अनुवादक, सहजकर्ताको भूमिका पनि निर्वाह गरेका छन्। उनले राष्ट्रिय प्रतिभा पुरस्कार ९२०५५०, साझा प्रकाशनबाट ‘गरिमा सम्मान’ ९२०६४०, ‘अग्निशिखा पत्रकारिता’ पुरस्कार २०६६ आदि सम्मान पाइसकेका छन् ।

उनका कविता संकलन, २०४४, ‘लयब्रह्म’ (कविता संकलन, २०६०, ‘कालचक्र नेपाल’, ‘हतारमा यात्रा’ )कविता संकलन, २०६८, ‘कविले रोजेका कविता’ (श्रव्य कविताः २०६३, ‘अभागी कर्नेल’ ) कोलम्बियाली आख्यानशिल्पी गाब्रियल गार्सिया मार्खेजको उपन्यास ‘नो वन राइट्स टु द कोलोनेल’ को अनुवाद २०६८, ‘रित्तो गाउँ’ निबन्ध संग्रह, २०६९ प्रकाशित छन् ।

उनका अंग्रेजी, जापानी, हिन्दी, असमिया, थारु र नेपाल भाषामा पनि केही कविताको अनुवाद प्रकाशित छन् । नेपाल टिभीमा नियुक्त अध्यक्ष डा महेन्द्र विष्ट नेपाल पत्रकार महासङ्घ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष हुनाका साथै टिभी, रेडियो र दैनिक पत्रिकाहरुमा पनि काम गरेका छन्। उदयपुरमा जन्मिएका विष्टले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org