रासस अध्यक्ष श्यामलको जीवनी
काठमाडौँ, ३१ जेठ (रासस) राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्षमा नियुक्त हरिहर अधिकारी (श्यामल) तीन दशकदेखि पत्रकारिता र साहित्य लेखनमा क्रियाशील हुँदै अाएका छन् ।
उनले तीसको दशकमा ‘मातृभूमि’ बाट पत्रकारिता शुरु गरेका थिए । दैलेखको गन्मगाउ“, पगनाथमा विसं २०१६ पुस ३० गते पिता उदयराम र माता कलावतीका कोखबाट जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गरेका छन्। उनले ‘रूपरेखा’ मासिक, ‘घोषणा’, ‘दृष्टि’, ‘प्रतिपक्ष’ (साप्ताहिक), ‘नया“ पत्रिका’ र ‘सौर्य’ (दैनिक)मा सल्लाहकार सम्पादक भई काम गरिसकेका छन् ।उनले विसं २०३६ देखि २०३९ सम्म ‘प्रख्यात’ साहित्यिक मासिक पत्रिकाको सम्पादन समूहमा पनि रही काम गरेका थिए ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा विशेषज्ञ सेवा दिइसकेका उनले राष्ट्रिय अन्तर्राष्ट्रिय विकास परियोजना सञ्चालन गरिरहेका संस्थाका लागि विकास व्यवस्थापन तथा क्षमता विकास परामर्शदाता, प्रशिक्षक, अनुवादक, सहजकर्ताको भूमिका पनि निर्वाह गरेका छन्। उनले राष्ट्रिय प्रतिभा पुरस्कार ९२०५५०, साझा प्रकाशनबाट ‘गरिमा सम्मान’ ९२०६४०, ‘अग्निशिखा पत्रकारिता’ पुरस्कार २०६६ आदि सम्मान पाइसकेका छन् ।
उनका कविता संकलन, २०४४, ‘लयब्रह्म’ (कविता संकलन, २०६०, ‘कालचक्र नेपाल’, ‘हतारमा यात्रा’ )कविता संकलन, २०६८, ‘कविले रोजेका कविता’ (श्रव्य कविताः २०६३, ‘अभागी कर्नेल’ ) कोलम्बियाली आख्यानशिल्पी गाब्रियल गार्सिया मार्खेजको उपन्यास ‘नो वन राइट्स टु द कोलोनेल’ को अनुवाद २०६८, ‘रित्तो गाउँ’ निबन्ध संग्रह, २०६९ प्रकाशित छन् ।
उनका अंग्रेजी, जापानी, हिन्दी, असमिया, थारु र नेपाल भाषामा पनि केही कविताको अनुवाद प्रकाशित छन् । नेपाल टिभीमा नियुक्त अध्यक्ष डा महेन्द्र विष्ट नेपाल पत्रकार महासङ्घ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष हुनाका साथै टिभी, रेडियो र दैनिक पत्रिकाहरुमा पनि काम गरेका छन्। उदयपुरमा जन्मिएका विष्टले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।
Comments
अरु समाचार
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...
-
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
काठमाडौं । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा...
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...