विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा भवन शिलान्यास तथा उद्घाटन
सुर्खेत,असार ३ गते । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आफ्नो आठौं वार्षिकोत्सवका अवसरमा आइतवार विश्वविद्यालयमा नवनिर्मित एक भवनको उद्घाटन तथा दुई नयाँ भवनको शिलान्यास गरेको छ ।
५३ लाख ४६ हजार ६ सय ३६ रुपैंया १० पैंसामा निर्मित वीरेन्द्रनगर स्थित विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले उद्घाटन गरेका हुन् । त्यसैगरी उपकुलपति प्रा.डा.कोइरालाले आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित १० करोड ६५ लाख १ हजार ४ सय २९ रुपैंयाँ ५६ पैंसा लागत अनुमान गरिएको ब्यवस्थापन भवनको शिलान्यास गरेका हुन् ।
यसैगरी रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले कुइनेपानीमा आगामी एक वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य सहित २ करोड ५२ लाख ३४ हजार ८ सय ९३ रुपैंया ६ पैंसा लागत अनुमान गरिएको अतिथि आवास गृहको शिलान्यास गरेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए । विगतका वर्षहरु मन्चको कार्यक्रम गरी वार्षिकोत्सव मनाइने गरेतापनि यसपटक भने उक्त परम्परा तोड्दै निर्माण अभियानलाई जोडेर स्थापना दिवसको स्मरण गरेका छन् ।
Comments
अरु समाचार
-
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
काठमाडौं । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५...
-
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता...
-
गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...