भूकम्पमा आमा गुमाएका तीन बालबालिकालाई राहत
चरिकोट, ५ असार । विसं २०७२ बैशाख २९ गतेको भूकम्पमा आमाको मृत्यु भएका एकै परिवारका तीन बालबालिकालाई नगदसहित पाठ्य सामग्री र झोला प्रदान गरिएको छ ।
राष्ट्रिय समाचार समितिका जिल्ला समाचारदाता र गोकर्णप्रसाद भण्डारी आफ्नै पहलमा संकलन गर्नुभएको रु ६० हजारसहित पाठ्य सामग्री र स्कूल झोला आज हिमालय मावि चिलंखामा विद्यालयका शिक्षक–शिक्षिका र वडाध्यक्ष मधुकर गुरुङको रोहबरमा ती बालबालिकाका बुबा कृष्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको हो ।
पत्रकार भण्डारीले आमाको मृत्यु भएको र बुबाको शारीरिक अवस्था कमजोर भएका कारण उनीहरुका तीन छोराछोरीको पढाइ नबिग्रियोस् भनेर सहयोगका लागि पहल गरेको बताए ।
उक्त कार्यका लागि अल्पाइन पब्लिक स्कूल चरिकोटका प्रिन्सिपल उद्धव थापाले रु १७ हजार ५००, द राइजिङ स्टार बोर्डिङ स्कूलका प्रिन्सिपल उपेन्द्र अधिकारीले रु १७ हजार, झापा दमक नगरपालिका घर भएका भीमेश्वर नगरपालिकाका स्रोत व्यक्ति सोम तिवारीले १५ हजार, कालिञ्चोक गाउँपालिका वडा नं ८ सुनखानी मलेपुकी समाजसेवी बिन्दिया खड्काले रु पाँच हजार, शैलुङ गाउँपालिका वडा नं ६ भुसाफेदाकी अहेव शशी लामाले रु पाँच हजार र पाठ्य सामग्री, गोरखा जिल्ला पालुङ्टार घर निवासी हाल चरिकोटमा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आउनुभएकी आचार्य बुक्स एण्ड स्टेशनरीकी सकुन्तला आचार्यले एक वर्षका लागि कापी र कलमसहिका सामग्री र चरिकोट सातदोबाटो चोकमा रोयल क्याफेका सञ्चालक पुस्कर अधिकारीले झोला प्रदान गरेका थिए ।
उक्त भूकम्पमा परी आमा दुर्गा खड्कालाई गुमाएका र बाबु कृष्णबहादुर खड्काको कमजोर शारीरिक अवस्थाका कारण १२ वर्षीया रञ्जिता खड्का, १० वर्षीय रवीन्द्र र पाँच वर्षीया सञ्जिताको पठनपाठनका लागि समस्या भएपछि फेसबुकमार्फत पत्रकार भण्डारीले सहयोगका लागि पहल गर्नुभएको थियो
कार्यक्रममा वडाध्यक्ष मधुकर गुरुङ, पत्रकार उषा तामाङ, श्रीजन घिमिरे, समाजसेवी बिन्दिया खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...