नेपालका ठूला भनिएका वेब साइटमा स्किप एड (विज्ञापन) देख्नु भएको छ ? किन यस्तो भएको छ, कारण यस्तो छ…
काठमाडाैं ८, असार । तपाईँ कत्तिको इन्टरनेटको प्रयोग गर्नुहुन्छ ? समाचार लगायतका अन्य सुचना थाहा पाउन त पक्कै पनि प्रयोग गर्नुहुन्छ होला । यदि त्यसो हो भने समाचार हेर्न अनलाइन पोर्टलहरु पनि पक्कै खोल्नु भयो होला ।
हिजोदेखि नेपालका चल्तिका अनलाइन न्युज पोर्टलहरुमा एकाएक विज्ञापन देखा पर्यो ।
स्किप एड दिनेमा छन् एनसेल र टुबोर्ग बियर ! आखिर हिजो दिउसोदेखि वेब साइट खोल्ने वित्तिकै अगाडि पर्दा छोपे झैं गरि देखिने चित्र (स्किप एड) किन देखा पर्यो त ? यो रहस्यको विषय बनेको छ ।
टुबोर्गले त मूल्य वृद्वि नगरेको भनेर विज्ञापन दिनु कुनै नयाँ कुरा भएन तर एनसेलले के का लागि दियो स्किप एड यो भने एक अचम्मको कुरा भएको छ ।
नेपाल सरकारले मदिराजन्य वस्तुमा आयात कर, अन्त शुल्क, नविकरण तथा इजाजतमा वृद्वि गरेकाले स्वत: बियरको मूल्य बढ्नु पर्नेमा टुबोर्गले मूल्य पहिलेकै यथावत कायम गरेको जानकारी दिनलाई विज्ञापन दियो तर एनसेलले चाहिँ ?
नेपालका मिडिया पण्डितका अनुसार एकाएक देखा पर्ने विज्ञापनमा कुनै किसिमको स्वार्थ या गल्ति भएको हुन सक्छ । तर यहाँ भयो के यो भने कुल्न मुुस्किल छ ।
केहिदिन यता विकास भइरहेको विभिन्न घटना र सामाजिक सञ्जालमा विकसित पछिल्ला घटनाले गर्दा यस्ता कुरामा शंका उत्पन्न गरेको छ ।
टुबोर्ग बियरले पनि विज्ञापन आजै दिनुपर्ने किन ? त्यो पनि ठूला भनिएका मिडियालाई मात्र ! उसले पनि मूल्य समायोजन केहि दिन पहिले नै गरेको थियो र स्किप एडको सट्टा साइटको कुनैपनि स्पेस किनेर विज्ञापन गरिरहेको थियो । त्यस्तै, एनसेलले पनि वेब साइटमा स्पेस किनेर विज्ञापन दिइरहेकै थियो ।
तर, हिजो एनसेल र आज टुबोर्गले स्किप एड दिनुले (त्यो पनि ठूला भनिएका मिडियालाई मात्र) आम रुपमा तरङ्ग पैदा गरेको छ ।
Comments
अरु समाचार
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै
काठमाडौं । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे...
-
अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता
काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको...
-
सुनको मूल्य तोलामा नौ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...