ताजा समाचार

नेपालका ठूला भनिएका वेब साइटमा स्किप एड (विज्ञापन) देख्नु भएको छ ? किन यस्तो भएको छ, कारण यस्तो छ…

काठमाडाैं ८, असार । तपाईँ कत्तिको इन्टरनेटको प्रयोग गर्नुहुन्छ ? समाचार लगायतका अन्य सुचना थाहा पाउन त पक्कै पनि प्रयोग गर्नुहुन्छ होला । यदि त्यसो हो भने समाचार हेर्न अनलाइन पोर्टलहरु पनि पक्कै खोल्नु भयो होला ।

हिजोदेखि नेपालका चल्तिका अनलाइन न्युज पोर्टलहरुमा एकाएक विज्ञापन देखा पर्यो ।

स्किप एड दिनेमा छन् एनसेल र टुबोर्ग बियर ! आखिर हिजो दिउसोदेखि वेब साइट खोल्ने वित्तिकै अगाडि पर्दा छोपे झैं गरि देखिने चित्र (स्किप एड) किन देखा पर्यो त ? यो रहस्यको विषय बनेको छ ।

टुबोर्गले त मूल्य वृद्वि नगरेको भनेर विज्ञापन दिनु कुनै नयाँ कुरा भएन तर एनसेलले के का लागि दियो स्किप एड यो भने एक अचम्मको कुरा भएको छ ।

नेपाल सरकारले मदिराजन्य वस्तुमा आयात कर, अन्त शुल्क, नविकरण तथा इजाजतमा वृद्वि गरेकाले स्वत: बियरको मूल्य बढ्नु पर्नेमा टुबोर्गले मूल्य पहिलेकै यथावत कायम गरेको जानकारी दिनलाई विज्ञापन  दियो तर एनसेलले चाहिँ ?

नेपालका मिडिया पण्डितका अनुसार एकाएक देखा पर्ने विज्ञापनमा कुनै किसिमको स्वार्थ या गल्ति भएको हुन सक्छ । तर यहाँ भयो के यो भने कुल्न मुुस्किल छ ।

केहिदिन यता विकास भइरहेको विभिन्न घटना र सामाजिक सञ्जालमा विकसित पछिल्ला घटनाले गर्दा यस्ता कुरामा शंका उत्पन्न गरेको छ ।

टुबोर्ग बियरले पनि विज्ञापन आजै दिनुपर्ने किन ? त्यो पनि ठूला भनिएका मिडियालाई मात्र ! उसले पनि मूल्य समायोजन केहि दिन पहिले नै गरेको थियो र स्किप एडको सट्टा साइटको कुनैपनि स्पेस किनेर विज्ञापन  गरिरहेको थियो । त्यस्तै, एनसेलले पनि वेब साइटमा स्पेस किनेर विज्ञापन दिइरहेकै थियो ।

तर, हिजो एनसेल र आज टुबोर्गले स्किप एड दिनुले (त्यो पनि ठूला भनिएका मिडियालाई मात्र) आम रुपमा तरङ्ग पैदा गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org