ताजा समाचार

दुई थरी ग्रेटसिट देखिएपछि विद्यार्थी अन्याेलमा : कसरी भयाे एसईईको नतिजामा लापरवाही ?

काठमाडौं,११ असार । शनिबार एसइइ परीक्षाको नतिजा सार्वजनिक भयो तर भोलिपल्ट आइतबारको दिन फेरी नतिजा जाँच गर्दा पहिलो दिनको तुलनामा जीपीए बढेको देखाएपछि हजारौं विद्ययार्थीका साथै अभिभावक समेत अचम्मित परेका छन् ।

आखिर किन भयो त एसइइ नतिजामा फेरबदल ?

एसईई परिक्षाको नतिजा सार्वजनिक भएको २४ घण्टापछि परिक्षा नियन्त्रण कार्यालयले एसईई नतिजा त्रुटिपूर्ण भएको जानकारी दिएकाे छ ।

प्रावधिक त्रुटिका कारण नतिजामा फेरबदल भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताएका छन् । रिजल्ट अपलोड गर्दा समस्या आएको र वेबसाइटमा सिस्टम कम्पेटिबिलिटीमा त्रुटि भएको हुँदा नतिजामा फेरबदल भएको रेग्मिले जानकारी दिएका छन् ।

यसरी पहिलाे दिनकाे जिपीए एउटा अर्काे दिन हेर्दा अर्काे ( दुई थरी ) ग्रेटसिट देखिएपछि कुन चाहि आधिकारिक हो भनेर लाखौं विद्यार्थीका साथै तिनका अभिभावक  अन्याेलमा देखिएका छन् । यसरी परिक्षा नियन्त्रण कार्यलयले निकालेकाे एसइइ परिक्षाकाे नतिजाले लाखाैं विद्ययार्थीकाे भावनामाथि खेलेकाे देखिन्छ । यदी सिस्टमा खराबी थियाे भने २ दिन ढिलाे गरेर नतिजा  निकाल्न सकिन्थ्याे तर यस्ता कुरामा ध्यान निदिइ नतिजा हतारमा निकालेकाे परिक्षा नियन्त्रण कार्यलय र कर्मचारीमाथि यतिबेला प्रश्नचिन्ह उठेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org