ताजा समाचार

अस्थायी शिक्षक परीक्षाको तयारी पूरा, २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ को भिडन्त

काठमाडौं २७, असार । चार पटकसम्म स्थगित भएको अस्थायी  शिक्षकको परीक्षा असार २९ र ३० गते हुने पक्का भएको छ ।

शिक्षक सेवा आयोगका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ भने शिक्षकहरुलाई निर्धक्कसँग परीक्षा दिन अपिल समेत गरेको छ ।

शिक्षक सेवा आयोगले परीक्षाका लागि आवश्यक सामग्री सम्बन्धित स्थानमा पुर्याइसकेको छ भने सुरक्षा व्यवस्थालगायत कर्मचारीहरु पनि परिचालित भइसकेका छन् ।

उक्त परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको छ । पहिलो दिन निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुनेछ ।

आयोगका अध्यक्ष ताना गौतमका अनुसार परीक्षा सञ्चालन हुने साविकका पाँच विकास क्षेत्रका विभिन्न ५ जिल्लामा गरी १ सय १६ परीक्षाकेन्द्र निर्धारण गरिसकेको छ । आयोगका अनुसार पूर्वाञ्चलमा झापा, मध्यमाञ्चलमा काठमाडौं, पश्चिमाञ्चलमा कास्की, मध्यपश्चिमाञ्चलमा बाँके र सूदुरपश्चिमाञ्चलमा कञ्चरपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

पटक पटक स्थगित हुँदै आएको उक्त परीक्षाका लागि आयोगले चैतमा शिक्षा ऐनको आठौं संशोधनमार्फत् पहिलो पटक विज्ञापन खुलाएको थियो । त्यसयता आयोगले चार पटक परीक्षा स्थगित गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org