नेपाल-भारत सिमा सुरक्षा बैठकको तयारी
नेपालगञ्ज २७, असार । बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ ।
दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले बैठकका लागि भारतको बहराइच जिल्ला अधिकारीको कार्यालयमा पत्राचार गरिसकेको छ । भारतीय पक्षबाट बैठक बस्ने मितिसहितको पत्र प्राप्त भएपछि बैठक बस्ने प्रजिअ केसीले बताए।
बैठकमा मुख्यतया लागुऔषध, मानव बेचबिखन, अवैध हातहतियारको ओसारपसार, सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, बाढी तथा डुबान हुन नदिन भारतीय पक्षले वर्षात्मा बाँधको ढोका खोल्नुपर्ने, सीमा स्तम्भ लगायतका विषयमा छलफल हुने प्रजिअ केसीले जानकारी दिए ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखको कार्यलयमा बुझाएका...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...