भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ :प्रधानमन्त्री
काठमाडौँ २९,असार।प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गरेको बताएका छन।
नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई सवल बनाउने भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिए।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘सांस्कृतिक अस्मिताका प्रतीक: तुलसीदास र भानुभक्त’ को विमोचन तथा भानु जयन्तीमा उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरे ।
कोलकत्तास्थित आनन्द प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक डा सत्यप्रकाश तिवारीले हिन्दीमा सम्पादन तथा राजेन्द्रप्रसाद उपाध्याय ढकालले नेपालीमा अनुवाद गरेका हुन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भानु जयन्तीका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमको सराहना गरे ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकको भौगोलिक एकीकरण गरेका पृथ्वीनारायण शाह र भाषाका माध्यमबाट भावनात्मकरुपमा देशलाई एकता गर्ने भानुभक्तलाई सबै नेपालीले सम्मान गर्नुपर्ने विचार व्यक्त गरे।
भानु प्रतिष्ठानका अध्यक्ष व्रत्तराज आचार्यले भानुभक्तको जन्मथलोलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने बताए।
Comments
अरु समाचार
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...
-
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
काठमाडौं । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा...
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...