पर्यटकीयस्थल महुरेगढीमा आँखा आकारको पोखरी
खोटाङ, १ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ ।
हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको रु ४३ लाख तथा स्थानीयको रु आठ लाख बराबरको जनश्रमदान गरी रु ५१ लाखको लागतमा पोखरी निर्माण गरिएको हो ।
मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा निर्माण गरिएको पोखरीको लम्बाइ ३२ मिटर रहेको छ । बीच भागमा ब्रिज डाइनिङ बनाइएको पोखरीको दाँया र बाँया पानीको फोहोरा छोडिने र पोखरीमा रंगीन माछा राखिने निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताए ।
गत फागुनदेखि निर्माण शुरु गरिएको पोखरीमा अहिले पानी चुहिन नदिन पनिङ प्लाष्टर, कलरिङ तथा पोखरी कम्पाउण्ड बाहिरको फलामको डण्डी, जाली वेल्डिङ, मुख्य गेट निर्माणको काम भइरहेको छ । ब्रिज डाइनिङको माथिबाट सेन्सर बिजुली बत्ती र डिजिटल बोर्ड राखिने उपभोक्ता समितिले जनाएको छ ।
पुरानो आहाललाई परिमार्जित गर्दै बनाइएको पोखरीमा पाइपबाट ल्याइएको शुद्ध पानी हाल्ने र फोहर भएपछि पुनः परिवर्तन गर्ने तयारी गरिएको छ । महुरेगढीमा मान्छेको आँखा आकारको पोखरी निर्माण भएपछि हेर्नेको भीड लाग्न थालेको छ ।
महुरेगढी दिक्तेल–हलेसी र दिक्तेल–गाईघाट सडकको संगमस्थलमा पर्छ । ऐतिहासिक एवं पर्यटकीयस्थल महुरेगढीमा पोखरी निर्माण गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रबिन्दु बन्ने वडाध्यक्ष भीम राईले बताए ।
महुरेगढीमा विशेष गरी हिमशृंखला, तराईका फाँट र लालीगुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । महुरेगढी आउने पर्यटकलाई थप मनोरञ्जन दिलाउँदै नगरपालिकाको आन्तरिक आयस्रोत वृद्धि गर्ने उद्देश्यले अन्य ठाउँमा निर्माण भएको भन्दा छुट्टै, मानिसको आँखा आकारको पोखरी निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दीपनारायण रिजालले बताए ।
पोखरीमा नगरको समग्र वस्तुस्थिति झल्कने तस्वीरसमेत राख्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिकाको सिमाना नजिक पर्ने महुरेगढी समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइमा पर्छ
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...