सिमसार क्षेत्र संरक्षणमा नगरपालिका
नवलपरासी १, साउन । सिमसार क्षेत्रको अतिक्रमण बढेको भन्दै पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाले संरक्षणका लागि अभियान शुरु गरेको छ ।
नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा सार्वजनिक पोखरी छन् । नगरपालिकाले ताल संरक्षण गरेर आयआर्जन गर्ने योजना ल्याए पनि प्रभावकारी हुन नसकेपछि ठोस योजनासहित संरक्षण अभियान शुरु गरेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए।
तालतलैया संरक्षणका लागि छुट्टै योजना नै बनाएर व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ । गुप्ताले भने, “व्यक्तिले भन्दा पनि सार्वजनिक कामका लागि ताल तलैया वरपरका जग्गाको संरक्षण गरेर आयआर्जनमा समेत टेवा पुर्याउने नगरको योजना छ ।”
यसैबीच पश्चिम नवलपरासीकै बर्दघाट नगरपालिका जहदामा रहेको पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको बुद्धमंगल तालको संरक्षणका लागि पनि उक्त नगरपालिकाले पहल शुरु गरेको छ ।
अहिले नगरपालिकाले नगरभित्रका सिमसार क्षेत्र र ताल तलैया संरक्षणका लागि कार्ययोजना नै बनाएर अगाडि बढेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।
बुद्धमंगल ताल गौतमबुद्धसँग सम्बन्धित ताल हो । बुद्ध भगवान् त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने क्रममा यस तालको कुटीमा एक रात बसेर भोलिपल्ट तालको पानी खाएर मात्र यात्रा गर्ने गरेको धार्मिक मान्यता रहिआएको छ ।
केही वर्ष अगाडि साविक जहदा गाविसले तालको व्यवस्थापन गरी माछापालन गर्न खोजे पनि ऐतिहासिक ताल भएकाले माछापालन गर्न नहुने जनआबाजले यसको व्यवस्थापन रोकिएको थियो ।
करीब १० देखि १२ बिगाहा क्षेत्रमा फैलिएको ताल वर्षांैदेखि अतिक्रमणको चपेटामा पर्दै अहिले सात बिगाहा क्षेत्रफलमा मात्र सीमित छ ।
पुरातत्व विभागमा आग्रह
पूर्वी नवलपरासीको गैँडाकोट–१३ सिख्रौलीवासीले दुई वर्ष अगाडि उत्खनन गरेका पुरातात्विक महत्वका वस्तु संरक्षणका गरी विस्तृत अध्ययनका लागि पुरातत्व विभागलाई गुहारेका छन् ।
स्थानीय शिवालय मन्दिरमा शिखर शैलीको ऐतिहासिक भग्नावशेष उत्खनन गरे पनि उचित रूपले संरक्षण हुन नसक्दा उत्खनन गरिएका वस्तु अलपत्र परेकाले थप अध्ययन गरेर सोहीअनुसारको संरचना तयार गर्न स्थानीयवासीले माग गरेका हुन् ।
केही क्षेत्रमात्र उत्खनन गरेर छोड्दा मन्दिर व्यवस्थापन समितिले पनि काम गर्न नपाएको र थप उत्खननसमेत नभएको भन्दै तत्काल उत्खनन गरेर निष्कर्ष दिन स्थानीयवासीले माग गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद घिमिरेले बताए ।
नारायणी नदी किनारमा मन्दिर रहेको र प्रशस्त जग्गा भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर अगाडि बढाउन सकेमा यस क्षेत्रको विकास हुने स्थानीयवासीको अपेक्षा छ ।
उत्खननका क्रममा १५औँ शताब्दीभन्दा पुरानो ऐतिहासिक र कलात्मक मन्दिर रहेको तथ्य फेला पर्नुका साथै करीब एक हजार २०० वटा विभिन्न वस्तु फेला परेको थियो ।
Comments
अरु समाचार
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...