अब प्रधानमन्त्री र मन्त्रीले लिखित भाषण गर्नुहोस्:बामदेव गाैतम
काठमाडौं १२,साउन। नेकपाका सचिवालय सदस्य बामदेव गौतमले प्रधानमन्त्री र मन्त्रीहरुलाई कार्यक्रममा दिइने अभिब्यक्तिका कारण विबादित हुने गरेकोमा अब बिषयबस्तु लाइ बुझेर लिखित भाषण गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रीपरिषद्का सदस्यहरुको भाषण विवादमा आएपछि नेता गौतमले यस्तो सुझाव दिएका हुन् ।
पछिल्लो पटक आफ्नो विवादमा आएकै कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा गर्नुपरेके थियो ।
केही दिन अगाडि बसेको नेकपाका सचिवालय वैठकमा नेता गौतमले विवादिता भाषणले समस्या पैदा गरेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरुलाई लिखित भाषण गर्न सुझाव दिएका हुन् ।
बैठकमा गौतमले राखेको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुको भाषण लिखित रुपमा सचिवालयले तयार गर्नुपर्छ । लिखित भाषण पढेपछि धेरै कुराबाट बचिन्छ । अब त्यसै गर्दा राम्रो हुन्छ ।’
लामो र विषयबस्तु भन्दा बाहिर गएर बोल्ने प्रधानमन्त्री ओलीको बानी रहेको नेकपाका नेताहरु बताउँछन् । अन्य मन्त्रीले पनि समाचारका लागि भाषण दिने गरेको गुनासो आउने गरेको छ ।
अन्तराष्ट्रिय फोरममा बाहेक प्रधानमन्त्री र मन्त्रीहरुले निकै कममात्र लिखित भाषण गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...