प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । आज शुक्रबार संसद सचिवालयलाई पत्र पठाएर संसदबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।
‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।
असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उनले संसदमार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गरेका हुन् ।

Comments
अरु समाचार
-
प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ । बुधवार सिंहदरबारमा सम्पन्न बैठकमा...
-
ट्रम्पलाई इरानको ठाडो चुनौति, अमेरिकाले अब के गर्छ ?
काठमाडाैं । मध्यपूर्वको तनाव थप बढ्ने देखिएको छ । इरान–इजरायल युद्ध थप उग्र बन्दै गएपछि अवस्था खराब हुने संकेत देखिएको...
-
सर्वोच्चले गर्यो दीपक मनाङेको सांसद पद खारेज
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ 'दिपक मनाङ्गे'को सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको सांसद...
-
इजरायलबाट उद्दार तथा स्वदेश फिर्ताका लागि दूतावासले थाल्यो अनलाइन रजिष्ट्रेसन
काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्दार गर्न रजिष्ट्रेसन प्रक्रिया शुरु गरेको छ । तेल अभिभस्थित...
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वालुवाटारमा भेटवार्ता
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसंग डेढ घण्टा लामो छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति...
-
विभिन्न जिल्लाका प्रजिअसहित २१ कर्मचारीको सरूवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र...
-
इरानी नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पले दिए सुझाव
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिनुभएको छ । ट्रम्पले तत्कालका लागि...
-
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
-
टी-२० क्रिकेट: स्कटल्यान्डमाथि नेपालको दुई विकेटको जित
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।गएराति भएकोे खेलमा...