प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ १८,साउन । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १३ः०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिनुभयो । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्ने गरी बैठक स्थगन भएको जनाइएको छ ।
आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
बैठकमा गृहमन्त्री थापाले प्रस्तुत गर्ने ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी महासन्धि’माथि सामान्य छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको थियो ।
काँग्रेसका आग्रहमा स्थगन
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आग्रहबमोजिम प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको हो । काँग्रेस संसदीय दलको बैठक बसिरहेकाले उहाँहरुकै आग्रहानुसार बैठक स्थगन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनले भने, “प्रतिपक्षी दल काँग्रेसले आफ्नो संसदीय दलको बैठक लामो समय जारी रहने भएकाले सभामुखसमक्ष आजका लागि बैठक स्थगन गरिदिनुप¥यो भनी आग्रह गरेको कुरा सभामुखले हामीहरुलाई जानकारी दिए ।”
प्रतिपक्षको आग्रहलाई स्वीकार गरेर बैठक स्थगन गरिएको उहाँको भनाइ छ । बैठक चलाउने वा नचलाउने भन्ने विषयमा सभामुख कृष्णबहादुर महराले सत्तरुढ नेकपाका नेता नेम्वाङलगायतसँग संघीय संसद् भवनमै छलफल गरेका थिए ।
छलफलपछि सभामुख महराले बैठक स्थगन गर्ने निर्णय लिनुभएको थियो । सोलगत्तै संघीय संसद् सचिवालयका महासचिव भट्टराईले सूचनामार्फत बैठक स्थगन भएको जानकारी दिए थियो । बिहीबारको बैठकमा भने सभामुख महराले आफूहरुलाई बोल्न नदिएको भन्दै काँग्रेसका सांसदले बैठक बहिष्कार गरेका थिए ।
Comments
अरु समाचार
-
गृह मन्त्रालयले प्रहरी निरीक्षक शाहीलाई किन गर्यो निलम्बन ?
काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा...
-
काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना १५ घाइते
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट विराटनगर हिँडेको बा५ख६६१८...
-
परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कर्दै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ...
-
हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु
काठमाडौं । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज...
-
मनाङमा पर्यटकको चहलपहल बढ्यो
काठमाडौं । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ...
-
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास...