कांग्रेसको आरोप:सरकार नियन्त्रित न्यायलयको पक्षमा अघि बढेको
काठमाडाैँ २१, साउन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार नियन्त्रित न्यायलयको पक्षमा अघि बढेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले संसदीय सुनुवाई समितिको बैठकले बिना आधार कामु प्रधानन्यायाधीश दिपकराज जोशीको सिफारिसलाई बहुमतको बलबाट अस्वीकृत गर्ने निर्णय गरेको भन्दै आपत्ती जनाए ।
जोशीलाई सिफारिस गर्ने संबैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरे । ‘जोशी अयोग्य हुनभने सिफारिस गर्ने संबैधानिक परिषदका अध्यक्ष सम्मानिय प्रधानमन्त्रीको अवस्था के हुने ? ‘अयोग्यलाई सिफारिस गर्ने प्रधानमन्त्रीले नैतिक रुपमा पदमा बस्न उचित हुन्छ कि हुदैन ?’ सरकार नियन्त्रित र निर्देशित न्यायपालिका बनाउन अघि बढेको भन्दै उनले आपत्ती जनाए ।
संसदीय समितिले विना प्रमाण शंकाको आधारमा जोशीको प्रस्ताव अस्वीकृत गरेको उल्लेख गर्दै कार्कीले स्वतन्त्र न्यायपालिकामाथि भएको निर्मम प्रहारलाई कांग्रेसले अवैध ठहर गरेको बताए । कार्कीले आफ्नो धारणा राख्दै गर्दा सत्तापक्षका सांसदहरु खगराज अधिकारी र विरोध खतिवडाले विरोध जनाए ।
कार्कीपछि संसदमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले संविधानको वर्खिलाप हुने गरि प्रतिपक्षी दलको भनाई आएको भन्दै रेकर्डबाट हटाउन माग गरे । अधिकारीले बोलिरहेकै बेला कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
नेकपाका सांसद विरोध खतिवडाले प्रतिपक्ष दलका नेताहरु उच्छृङ्खलता तर्फ उन्मुख भएको उल्लेख गर्दै दुई तिहाईलाई एक तिहाईले नियन्त्रण गर्न खोज्नु अधिनायकवाद भएको बताए । उनले बोल्दै गर्दापनि कांग्रेसका सांसदले विरोध गरिरहेका थिए ।
सभामुखले सांसद हृदयेश त्रिपाठीलाई बोल्न समय दिएपछि कांग्रेसका सांसद बसेका थिए । त्रिपाठीले प्रतिपक्षीले समितिको विषयलाई संसदको विषय बनाउन खोजेको भन्दै सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच संसदीय समितिको निर्णयको विषयलाई लिएर विवाद हुन थालेपछि सभामुख कृष्ण बहादुर महराले समितिको प्रतिवेदन पेश भएपछि त्यसमाथि छलफल हुने भन्दै बैठकको गम्भीर ध्यानाकर्षण गराएका थिए
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...