सरकारविरुद्ध माइतिघर मण्डल प्रर्दशन गर्दै, गृहमन्त्री थापाको राजीनामा माग(फोटो फिचर)
काठमाडौं २२, साउन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध र्या लीसहित प्रर्दशन गरेको हो ।
प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् । महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नुपरेको संगठनकी अध्यक्ष रोशन कार्कीले जानकारी दिइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा पनि माग गरिन् ।
प्रर्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । प्रर्दशनी अघि बबरमहलबाट सुरु भएको विरोध र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनकारीहरुले बलात्कारीलाई कडा कार्वाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...