सीडीओलाई किन बनाइदै छ ‘पावरफुल’ , नयाँ संहिता अनुसार हेर्न पाउनेछन् यी ३३ कसुरका मुद्दा
काठमाडाैँ ५, भदाै । नयाँ संहिता अनुसार अझै ३३ कसुरसँग सम्बन्धित मुद्दाहरू प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले हेर्न पाउने भएका छन्। एक वर्षभन्दा कम कैद सजाय हुने फौजदारी मुद्दा अर्धन्यायिक निकायलाई हेर्न दिन सक्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार सार्वजनिक सुरक्षासँग सम्बन्धित ३३ प्रकृतिका कसुरका मुद्दा सीडीओलाई हेर्ने दिनेगरि व्यवस्था गर्न लागिएको हो।
मुलुकी अपराध संहिता ०७४ का विभिन्न दफाहरूमा रहेका सार्वजनिक अपराधसँग सम्बन्धित कसुरका मुद्दा हेर्ने अधिकार सीडीओलाई दिन लागिएको हो।
अधिकार प्रत्यायोजनसम्बन्धी रापजत्र प्रकाशनको चरणमा छ।
देहायका दफा र कसुरका मुद्दा सीडीओले हेर्नेछन्
६० –गैरकानुनी भेला गर्न नहुने
६१ –गैरकानुनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लङ्घन गर्न नहुने
६४ –हुलदंगा गर्न दूरुत्साहन दिन नहुने
६५ –सार्वजनिक शान्ति खलल पार्न नहुने (उपदफा १ र २)
६६ –राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने
६९ –कर्फ्यु उल्लङ्घन गर्न नहुने
७० –झुटा अफवाह फैलाउन नहुने
७१ –शान्ति भङ्ग गर्न घर, जग्गा वा सवारीसाधन दिन नहुने
७२ –संवेदनशील सार्वजनिक क्षेत्रमा मशाल जुलुस गर्न नहुने
८४ –झुटा जानकारी दिन नहुने
८५ –बाधा विरोध गर्न नहुने
८६ –राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गर्न नहुने
८७ –आदेशको अवज्ञा गर्न नहुने
११३ –सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पु¥याउन नहुने
११६ –पशुपंक्षी राख्दा लापरबाही गर्न नहुने
११७ –पशुपंक्षी छाडा छाड्न नहुने
११८ –अभद्र व्यवहार गर्न नहुने
१२२ –सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने
१२३ –सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने
१२४ –सार्वजनिक उपद्रयाईँ गर्न नहुने
१२५ –जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने –उपदफा ४ बाहेक)
२९० –पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने
२९१ –सार्वजनिक स्थलमा पशु वा पक्षी मार्न नहुने
कार्यविधिसँग सम्बन्धित कसुर र दफाहरू
७५ –समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पु¥याउन नहुने
७६ –समाह्वान, इतलायनामा, सूचना वा आदेश नबुझी फर्काउन नहुने
७७ –समाह्वान, इतलायनामा, सूचना वा आदेश तामेल हुन नदिई छली हिँड्न नहुने
७८ –समाह्वान, इतलायनामा इत्यादि च्यात्न वा उप्काउन नहुने
७९ –झुटा तरिकाले म्याद तामेल गर्न नहुने
८० –लिखत पेस गर्न इन्कार गर्न नहुने
८२ –शपथ गर्न इन्कार गर्न नहुने
८३ –जवाफ दिन इन्कार गर्न नहुने
९८ –झुटा उजुरी दिन नहुने
१००– जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुने
Comments
अरु समाचार
-
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै
काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो...
-
पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ । वरिष्ठ पत्रकार...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न...
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...