प्रियंकाको रक्षाबन्धनकै दिन चित्कारः निर्मलाले न्याय पाएको भए मेरो भाइले ज्यान गुमाउनुपर्ने थिएन…
महेन्द्रनगर ११,भदाै । भीमदत्त नगरपालिका–१८ की प्रियंका खुना र पूजा खुना आइतबार बिहान भाइ सन्नीको शव हेरेर टोलाइरहेका थिए। शुक्रबार बेलुकी प्रहरीको गोलीबाट मारिएका सन्नीको शव तीन दिनदेखि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । महेन्द्रनगरमा जारी कफ्र्युका कारण घरघरपरिवारले शव हेर्न पाएका थिएनन्। आइतबार बिहानै पाँच घन्टाका लागि कफ्र्यु खुकुलो पारिएका बेला प्रियंका र पूजा दिदीबहिनी रक्षाबन्धनकै दिन भाइको शव मुसार्दै रोए।
‘रक्षाबन्धनमा भाइलाई राखी बाँधिदिने योजनामा थिएँ,’ जेठी दिदी प्रियंकाले भनिन्, ‘तर, रक्षाबन्धनकै दिन भाइको शव देख्नुप-यो।’ भाइलाई रक्षाबन्धन बाँधेर मिठोमसिनो खुवाउने सपना अब कहिल्यै पूरा नहुने कान्छी दिदी पूजाले बताइन्।
आउनै लागेको रक्षाबन्धनमा दिदी बहिनीका लागि भनेर काम गरेबापतको पारिश्रमिक लिन बजार गएको भाइले गोली खानुपरेको पूजाको भनाइ छ। उनले भनिन्, ‘यस्तो दिन कसैको पनि नआओस्।’ गाउँभरि सबै दाजुभाइको हातमा राखीको डोरी देख्दा आफ्नो भाइले पनि रहर गरेर पारिश्रमिक माग्न गएको झलझली याद आइरहेको उनले बताइन्। पूजाले भनिन्, ‘मेरो भाइलाई सहिद मात्रै घोषणा गरेर हुन्न ।’ निर्दोष भाइलाई प्रहरीले गोली हानेर प्रहरीले मारेको उनले बताइन्।
मजदुरी गरेको पैसा लिन ठेकेदारकहाँ गएर घर फर्कंदै गरेको भाइमाथि गोली हान्नु जायज नभएको दिदी प्रियंकाले बताइन्। उनले भनिन्, ‘निर्मला पन्तका परिवारले समयमै न्याय पाएको भए मेरो भाइले ज्यान गुमाउनुपर्ने थिएन।’
चाडपर्वकै दिन दिदीभाइ रमाइलो गर्लान् भनेर आफूले ज्यालाबापतको पैसा माग्न छोरा सन्नीलाई ठेकेदारकहाँ पठाएको बुबा वीरबहादुरले बताए। उनले भने, ‘छोरालाई सदाका लागि बिदा गरियो, उसका दिदीहरूलाई माइतीमा आँसुको उपहार दिनुप-यो, योभन्दा दुःखको क्षण मेरा लागि कहिल्यै आउने छैन।’
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...