एक गेस्ट हाउसमा मृत अवस्थामा युवतिको शव फेला
काठमाडाैँ १७,भदाै । काठमाडौंको बसुन्धरास्थित एक गेस्ट हाउसमा मृत अवस्थामा शव फेला परेको छ।
गत शुक्रवार प्रहरीले धादिङ घर भएकी २० वर्षीय युवती लक्ष्मी परियारको शव फेला पारेको हो। गेस्ट हाउसको कोठा नम्बर १०१ मा युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए। एसपी जोशीले भने, ‘केही दिनदेखि बन्दकोठामा शव रहेछ। होटेल संचालनकले खबर गरेपछि हामी पुगेका हौं। थप अनुसन्धान भइरहेको छ।’
मृतक लक्ष्मी अन्दाजी २२ बर्षीय युवकसँग केही दिन अगाडी होटलमा कोठा लिएर बस्ने गरेको देखिएको छ। होटल संचालकले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरु श्रीमानश्रीमती भएको बुझिएको छ। एसपी जोशीले भने,’उनीहरु केही दिन अगाडि नै होटेलमा आएर बसेको देखिन्छ। उनीहरुको सम्वन्ध के थियो भन्ने खुलेको छैन।’
गत १३ गते बिहान लक्ष्मीसँगै आएका युवक भने बाहिरबाट कोठामा ताल्चा लगाएर गएका थिए। केही दिनदेखि कोठा नखुलेको देखेपछि शंका लागेर होटेल संचालनकले प्रहरीलाई फोन गरेका थिए। यसअघि पनि उनीहरु पटकपटक होटेलमा आएर बस्ने गरेको प्रहरी अनुसन्धान खुलेको हो। ‘आफुलाई श्रीमानश्रीमती भएको भन्दै यसअघि पनि होटेलमा बसेको भेटिएको छ।’ एसपी जोशीले भने।
शवको पोस्टमार्टमको लागि शिक्षण अस्पताल लगिएको छ। रिपोर्टपछि नै युवतीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...