ताजा समाचार

ठमेलको ज्याठामा आगलागी, करिब १० करोड क्षति भएको अनुमान

काठमाडाैँ २६,भदाै ।     पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।

स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ । ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो । स्थानीयबासी आगलागीपछि त्रसित बनेका थिए ।

आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएको अर्को घरमा पनि फैलिएको थियो ।

दरबारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले पहिलो तल्लाबाट सल्किएको आगो समयमै नियन्त्रण गर्न नसक्दा चौथो तल्लासम्म फैलिएको र १० करोड बराबरको क्षति अनुमान गरिएको जानकारी  दिए ।

आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको डीएसपी मल्लले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org