ब्लड क्यान्सर बिरामी १५ बर्षे राईलाई सहयोग
परिवारको आर्थिक अवस्था नाजुक भएका संखुवासभा चिचिला गाउँपालिका २ का १५ बर्षे युवा धड्कन राईलाई ब्लड क्यानसर भएर अस्पताल भर्ना भएपछि उनको उपचारका लागि संखुवासभा समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ ।
संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशनको (एसकाज) समन्वयमा काठमाडौंमा शनिवार एक कार्यक्रम गरी विरामीका दाजु हिमाल शंसेर राईलाई समाजले पठाएको एक लाख ७६ हजार ६ सय ५० रुपैया हस्तान्तरण गरिएको छ । मनराम फाउण्डेशनका अध्यक्ष सुजन कुमार श्रेष्ठ र एसकाजले संयुक्तरुपमा विरामीको उपचारार्थ हस्तान्तरण गरिएको हो ।
संखुवासभा समाज अमेरिकाले ‘गो फण्डमी’ मार्फत उक्त रकम संकलन गरेको जानकारी दिदै मनराम फाउण्डेशनका अध्यक्ष सुजन श्रेष्ठले विरामीको उपचारका लागि उक्त रकम खर्च गर्न आग्रह गर्नुभयो ।
विरामीका दाजु हिमालले सहयोगी मनहरुलाई धन्यवाद दिदै विरामी भाईको उपचार राम्रोसँग हुनेमा आशा पलाएको बताए । संखुवासभामा जन्मिएर काठमाडौंमा पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था एसकाजले समन्वयकारी भूमिका निभाउँदै आएको छ ।
Comments
अरु समाचार
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
सङ्खुवासभामा पहिरोले तीन घर बगायो
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले...
-
झापा बाढीको उच्च जोखिममा
काठमाडौं । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षा
काठमाडौँ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
-
नेपाल-चीन किमाथांका नाका जेठ १२ गतेदेखि खुल्दै
सङ्खुवासभा । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका खुल्ने भएको छ। कोरोना अवधिमा २०७६ माघ ५ देखि किमाथाङ्का नाका...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...