ताजा समाचार

बानेश्वरको संगम स्वीट्समा शीलबन्दी

काठमाडाैँ १६,असोज । अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्समा शील गरेको छ ।  पसलले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि गोदाममा बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शील गरिएको हो ।

बानेश्वर चोकमा रहेको पसलको विक्रि वितरणमा समेत रोक लगाइएको छ ।  खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा संगम स्वीट्सले प्रतिबन्धित केमिकल हाइड्रोसिल समेत मिठाइमा प्रयोग गरेको पाइएको विभागले जनाएको छ ।  कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमीकल समेत मिठाइ बनाउन प्रयोग गरेको भेटिएको छ । यस्तै उत्पादन भएको मितिले ४ महिना प्रयोग गर्न मिल्ने कोकोनट पाउडर ६-७ वर्षदेखि प्रयोग गरिरहेको पाइएको बरिष्ठ खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

पसलका गोदाममा भेटिएको मैदामा समेत उत्पादन मिति नभेटिएको उनले बताए ।  ‘गोदाममा शील गरी पसलको विक्रि वितरणमा रोक लगाएको छौं, ३ दिनभित्र विभागमा उपस्थित हुन भनेका छौं , कसुर अनुसारको कारवाही गर्छौं’, उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org