काठमाडौंलाई ६ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश
काठमाडौं । चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौं रोयल्सले दिएको ९५ रनको सामान्य चुनौती चितवन राइनोजले १८.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । चितवनका लागि स्मित पटेलले ३८ र हरिशंकर शाहले २६ रन बनाए । त्यस्तै आरिफ शेखले अविजित २० रन बनाए । काठमडौंमाथि जित हात पारेपनि चितवनको सुरुवाती भने खराब भएको थियो । २ रन हुदा १ विकेट गुमाएको चितवनले ३१ रन हुदा ३ विकेट गुमाएको थियो ।
काठमाडौंका लागि सुसन भारीले ३ विकेट लिए । त्यस्तै, पवन सर्राफले १ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छदा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । काठमाडौं सस्तैमा समेटिएपछि चितवनले सामान्य चुनौति पाएको थियो । काठमाडौंका कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । तर उनले ३५ बलमा सामाना गरेर २ चौका प्रहार गरेका थिए । त्यस्तै, जयकृशन कोल्सवालाले २५ रन बनाए । उनले ३७ बलको सामाना गर्दै २ चौका प्रहार गरेका थिए । कप्तान ज्ञानेन्द्र र कोल्सवालाबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ सुन्नी पटेलले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ९ रन खर्चेर उत्कृष्ट बलिङ गरे । त्यस्तै, स्मित पटेल र भुवन कार्कीले समान २-२ विकेट लिए । सर्वाधिक पुरस्कार राशीको पीपीएलको उपाधिका लागि अब चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा र चितवनबीचको खेल मंगलबार हुनेछ । लिगको शीर्ष स्थानमा रहदै पोखरा पल्टनभने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...