कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गर्ने
काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सभापति महरले जनताका अधिकार र महंगीको बारेमा सरकार बेखबर रहेको र आफ्ना कार्यकर्ताहरूलाई विभिन्न बहाना बनाएर जेलमा कोच्ने काम गरेको भन्दै आपत्ति जनाए ।
नेता ढकालको रिहाईको लागि आफूहरूले शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेको बताउँदै यति गर्दापनि रिहाई नगरे कडा आन्दोलनमा उत्रिने उनको चेतावनी थियो । गत कात्तिक २० गते कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेशबुक वालमा आएको फोटो सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेका १६ वर्षीय कृष्ण ढकालले अन्जानमा सेयर भएको भनेर माफि माग्दासमेत हिरासतमा राखिएको भन्दै सभापति महरले तत्काल रिहाई गर्न सरकारसँग माग गरेका छन् ।
उनले भने,‘कात्तिक २० गते अरूले हालेको फोटो सेयर गरेका नेविसंघका नेतालाई सरकारका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ठाडो आदेशमा प्रक्राउ गर्न लगाईएको छ, अन्जानमा भएका कुरालाईसमेत यति ठूलो विषय बनाएर सरकारविरूद्ध आलोचना गर्दा सहन नसक्ने स्थितिमा पुगेको प्रमाणित गरेको छ, म यसै पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिन चाहन्छु, जनताका दुःख र पीडामा साथ नदिने सरकारले आफ्ना गल्तिका बारेमा बोल्दा वा सांकेतिक रूपमा बिरोध जनाउँदा तानाशाही प्रवृति देखाउन बन्द गरोस् ।’
महरले सरकार बलात्कार, कालोबजारी गर्ने र हत्याराहरूको संरक्षणमा लागेको आरोप लगाए । उनले वर्तमान सरकार कम्युनिष्टबाहेकका विचार बोकेका मानिसलाई देख्नै नसक्ने स्थितिमा पुगेको पनि आरोप लगाए ।
उनले भने,‘सरकारलाई हामीले सर्वसत्तावादको बाटोमा जाँदैछ भनेका थियौं, आज नेविसंघ काभ्रेका नेतालाई पक्राउ गरेर त्यो चरित्र उदाङ्गो भएको छ।।’
महरले आफ्नो संगठनका नेता पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, त्यस्तै नेविसंघ केन्द्रीय समितिले २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने कार्यक्रमहरू सार्वजनिक गरे । उनले चेतावनी दिँदै भने,‘यति गर्दा पनि सरकारले सुनेन भने हाम्रो आन्दोलनको रूप फरक हुनेछ।’
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...