समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल बेच्ने बालक’
सरस्वती पाण्डे/पुस्तक विमोचनको दिन लेखक दामोदर न्यौपानेकै हातबाट प्राप्त गरेको बालबालिकाको मनोविज्ञानमा आधारित ‘स्कुल बेच्ने बालक’ पुस्तक पढ्न पाउँदा खुसी लाग्यो । आफ्नै छोरालाई मुख्य पात्र बनाएर उसका हरेक क्रियाकलाप र बालमस्तिष्कको उजागर गरिएको पुस्तक अत्यन्तै रोचक छ । लेखकका छोरा हार्दिक एउटा प्रतिनिधि पात्र भए पनि यो पुस्तकमा व्यक्त गरिएको भाव, विचार सम्पूर्ण बाललबालिका तथा अभिभावकको हो ।
हेर्दा सामान्य जस्तो लाग्ने विषय लाग्ने तर बुझ्दा अत्यन्तै रुमलिनुपर्ने बालबालिकाको मनलाई सुक्ष्म तरिकाले अध्ययन गरेर सरल भाषाशैलीका साथ लिपिबद्ध गरिएको पुस्तकमा पाइन्छ । हरेक अध्यायले पाठकलाई आफ्ना बालबालिकालाई बुझ्न सिकाएको छ । पुस्तकमा रहेका हार्दिक जस्ता पात्र हाम्रा प्रत्येक घर–घरमा छन् । हार्दिकका अभिभावकले सहनशील भएर हार्दिकको मनोभावना बुझिरहँदा कहिल्यै पनि पट्यार मान्नुभएको छैन । यो कुरा पुस्तकमा देखाइएको छ । यो पुस्तक यस्तो समयमा बाहिर ल्याउनु भएको छ कि जहाँ अहिले हरेक आमाबाबुले जन्मिएको केहि दिनमै ‘बेबी केयर’ र पढ्न जाने समय भएपछि ‘होस्टल’मा राखेर त्यहि बच्चाका भविष्य भन्दै एक्लै दौडिरहेका छन् र अन्तिममा आफ्ना बालबालिका बिग्रिएर सुधार्न नसकेर बिचलित बनेका उदाहरण धेरै छन् । अब त्यस्तो समय आउन नदिनको लागि घरमै सधैंभरी सँगै बसेर हाम्रो व्यवहारिक जीवन अगाडि बढाउन सम्भब नरहेको अवस्थामा व्यस्तताका बाबजुद पनि हामीले आफ्ना बालबच्चासँग कसरी व्यवहार गर्ने ? उनीहरूको मागलाई कसरी सम्बोधन गर्ने रु असल मार्गमा हिंडाउनको लागि बाबु–आमाको महत्त्व के छ ? भनेर पुस्तकले अभिभावकलाई झकझक्याउँछ ।
बालबालिकाका भविष्यको सुनौलो रेखा कोर्न शिक्षकको पनि उत्तिकै भूमिका रहेको पुस्तकमा उल्लेख छ । बालबालिकाको मनस्थिति शिक्षकको व्यवहारसँग पनि जोडिएको हुन्छ भन्ने कुरालाई पुस्तक मार्फत् बाहिर ल्याउनु अति उत्तम र प्रशंसनीय कार्य हो । बालबालिका हाम्रा भविष्य हुन् । हामीले दिएको परिवेश, वातावरण अनुसार उनीहरूले आफूलाई अगाडि बढाउँछन् । बालबालिका साना–साना कुराको सम्बोधन गरिदिनु हाम्रो कर्तव्य हो जस्ता गहकिला विचारलाई समेटिएको पुस्तक हरेक अभिभावकको हातमा, शिक्षकको हातमा, विद्यालयको पुस्तकालयमा रहनु जरुरी छ ।
‘स्कुल बेच्ने बालक’मा जोडतोडले उठाएको कुरा भनेको घर पहिलो पाठशाला हो । हामी स्कूलको मात्र भर प¥यौं भने पहिलो पाठशालाको सिकाई कमजोर हुन्छ । स्कूलमा बिताउने भनेको ४/५ घण्टा हो । त्यसभन्दा बाहेक बालबलिकाले घरमै विताउँछन् । घरमा कसरी सिकाउने, के सिकाउने भन्नेमा हामी अलमलमा छौँ । घरमा पनि व्यवस्थित तरिकाले सिकाउनुपर्छ भन्ने चेतना हामीमा छैन । घरमा के सिकाउने ? संस्कार सिकाउने । व्यवहार सिकाउने । रहनसहन सिकाउने । असल कुराहरू सिकाउने । पहिला सुन्ने, सुनेपछि बुझिन्छ । बुझेपछि जे आवश्यक छ त्यही सिकाउने । बालबालिकाका जिज्ञासाहरू शान्त पार्नुहुन्छ अनि उनीहरूले मेरा कुरा सुने भने अनुभूति गर्छन । उत्तर पाउँछन् । उत्तरले ज्ञानको दायरा बढ्दै जान्छ । बालबालिका पूर्ण मान्छे हुन् । तर, हामी उनीहरूलाई पूर्ण ठान्दैनौँ । उनीहरूबाट सिक्न चाहँदैनौ । सिक्ने कुरा धेरै छन् । ठूलासँग जे संवेग छ सानासँग पनि त्यही संवेग छ । हामीमा दया, माया, करुणा, रिस, डाहा, भय, सुखानुभूति आदि संवेग ठूलामा छ । सानामा पनि त्यही संवेग छ । तर, चेतनाको स्तर अनुसार संवेगमा फरक छ । त्यही भएर सानाका कुरा सुनौँ । किताब बालबालिकाका इच्छा, आकांक्षा, दया, माया, रिस, डाहा, इष्र्या जस्ता संवेगमाथिको लेखन हो ।
बालबालिकालाई हिंसा र कुदृष्टिले हेरिएका नजरहरू बदल्न कोसिस गर्नुपर्छ । पुस्तकको निचोड पनि यही हो । स्कुल बेच्ने बालक’ बालबालिकाको लालनपालन सम्बन्धी किताब हो । यसमा लालनपालनका सुक्ष्म मनोविश्लेषणात्मक र व्यवहारिक पक्षहरू समेटिएका छन् । लालनपालनमा यी पक्षहरूलाई छलफलमा ल्याउन, बहस चलाउन सक्नु मुख्य उद्देश्य हो ।
Comments
अरु समाचार
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...