सरकारको कार्यशैलीबाट सत्तारुढ दलकै नेतामा असन्तुष्टी : नेता सिंह
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताउनुभएको छ ।
काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढेको बताउनुभयो ।
“सरकार धेरै कुरा गर्ने काम कम गर्ने बाटोमा अगाडि बढेको छ, काम गर्न नसकेर सरकारले वुद्धिजीवीहरूलाई समेत धम्काउने काम गरेको छ” उहाँले भन्नुभयो । नेता सिंहका अनुसार सरकार जस्तो छ, संसद्मा प्रतिपक्षी पार्टी नेपाली काङ्ग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको हो ।
“प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न सङ्गठित हुनु जरुरी छ,”उहाँले भन्नुभयो । सिंहले काठमाडौँ काङ्ग्रेसलाई बलियो बनाउन सबैको जिम्मेवारी रहेको बताउनुभयो । स्वर्गीय बज्राचार्य पार्टीका लागि कुशल सङ्गठक भएको उहाँले बताउनुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “बज्राचार्यले दुईपटक वडाअध्यक्ष भएर काठमाडौँको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो, बज्राचार्यको कार्यशैलीबाट काङ्ग्रेसले पाठ सिक्नुपर्छ,”उहाँले भन्नुभयो ।
काठमाडौँ काङ्ग्रेस सभापति सबुज बानियाँले काठमाडौँको काङ्ग्रेसको सङ्गठन निर्माणमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । विसं २०११ चैत ११ गते काठमाडौँमा जन्मनुभएका बज्राचार्यको मस्तिष्कघातबाट विसं २०७४ मङ्सिर १ गते ६३ वर्षको उमेरमा निधन भएको थियो ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...