मेलम्ची आयोजना चिप्लेकिराको गतिमा हिँड्यो, अब कारझैं दौडिन्छ : प्रधानमन्त्री
![](http://news-nepal.com/wp-content/uploads/2019/01/Rss_Images_1546500885984_Pro_Ktm_PM_-4-1024x597.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना तीब्रताका साथ अघि बढिरहेको बताएका छन् ।
ललितपुरको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री मेलम्ची आयोजना चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको दावी गरे ।
‘मेलम्ची आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो । यो वर्ष त्यसरी हिँड्न पाएको छैन । जापानी कार चिल्लो बाटोमा हिँडेजस्तो हिडेको छ । यसबीचमा तीब्र गति लिएको छ’ प्रधानमन्त्री ओलीले भने ।
उनले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने बताए । ‘उनीहरुको पनि प्रतिवद्धता छ, कम्पनीको प्रतिष्ठाको कुरा छ, काम हुन्छ भन्नेमा म विस्वस्त छु’ उनले भने ।
इटालीयन कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले भने आयोजना तीब्र गतिमा अघि बढिरहेको बताएका हुन् ।
मेलम्ची आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने उनले दावी गरे । ‘अन्योल देखिए पनि अन्योल मान्नुपर्ने कुनै आवश्यकता छैन । जुनसुकनै अवस्थामा अगाडि बढाउँछौं । समयभित्र अगाडि बढाउछौं । हप्ता १५ दिनको तलमाथि होला आयोजना अगाडि बढ्छ’ प्रधानमन्त्री ओलीले भने ।
Comments
अरु समाचार
-
सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिने
काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म...
-
‘उथलपुथल गर्दै लात्तिहान्ने’ उद्घोष गरेका दाहालले नै भेट्ने भए देउवा र ओलीको ‘बाघे झाप्पु’!
काठमाडौं । गत फागुन तेस्रो साता एकाएक बदलीएको सत्ता समिकरण लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘उथलपुथल...
-
नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन...
-
सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता
काठमाडौं । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ। जुनकुनै समयमा...
-
एमालेसँग भएकोृ सहमति अनुमोदनका लागि आज कांग्रेस बैठक
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा...
-
कृष्णमान प्रधानले १ करोड २५ लाखको चाङमुनी यौन दुर्व्यवहारको मुद्दा लुकाएको खुलासा
काठमाडौं। संवैधानिक परिषद्ले ‘जो रक्षक उही भक्षक’भनेझैँ संविधाकै हुर्मत लिएको पाईएको छ । नेपालको संविधान २०७२ को धारा २४५ को...
-
प्रधानमन्त्रीले राजीनामा दिनु उचितः एमाले अध्यक्ष ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धन मध्येको मुख्यघटक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा भेटेर...
-
निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी दर्ता
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय...
-
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै...