राजेश पायल राई र सुनिता थेगिमको स्वरमा मारुनी भाका ‘माया हजुर सार्वजानिक (भिडियोसहित)
काठमाडौँ । मेघा स्टार राजेश पायल राई र चर्चित गायिका सुनिता थेगिमको स्वरमा मारुनी भाकाको “माया हजुर” बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ । यो भन्दा अगाडि धेरैले मन पराएका गीत “हिडि जाने बटुवाको” भाग दुईको रुपमा बजारमा आएको यो गीत निक्कै मर्मस्पर्शी भावमा तयार भएको छ ।
सुमाया राईको शब्द रचनामा रहेको यो गीतमा चर्चित संगीतकार डिआर अटुले संगीत गरेका छन् । प्रवासमा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय डिआर अटुको दर्जनौ गीतहरु हिट भएका छन् ।
राजेश पायल राई नेपाली गीत संगीतको क्षेत्रमा मेघा स्टार हुन् भने सुनिता थेगिम पछिल्लो समयमा सबैको रोजाईमा पर्ने गायिका हुन् । सुनिता थेगिमको कोकिल कण्ठ आवाजले नेपाली गीत संगीतको स्रोताहरुलाई निक्कै नै लोभ्याउने गरेको छ । राजु कार्कीले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग र रेकर्डिङ्ग भने मुस्कान मुकारुङ्गले गरेका हुन् ।
लिम्दुनी क्रियसन युट्युब च्यानलबाट सार्वजानिक म्युजिक भिडियोमा गायक राजेश पायल राई र गायिका सुनिता थेगिम दुबैले फिचरिङ्ग पनि गरेका छन् । अन्जान लिम्बुले छायांकन गरेको म्युजिक भिडियोलाई मनोज राईले सम्पादन र केदार राईले कलरिङ्ग गरेका हुन् ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...