ताजा समाचार

योगेश भट्टराईले डा. केसीलाई भने, ‘अब अनसन छोडेर उत्सव मनाउनुहोस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले अनसनत डा. गोविन्द केसीलाई अनसन छोडेर जितको खुसी मनाउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको अवरोधकाबीच विधेयक पास भएपछि प्रतिकृया दिँदै भट्टराईले केसीको सतप्रतिशत जित भएको र अब अनबाट निस्केर खुसी मनाउन आग्रह गरेका हुन् ।

अब डा. केसीले जीन्दगीभर आनसन बस्नु नपर्ने दाबी गरे । उनले भने, डा. केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भयो । सबै नेपालीको जित भएको छ ।’

कांग्रेसको अवरोधका बीच शुक्रबार प्रतिनिधिसभा बैठकले विधेयक पास गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org