विभिन्न घटनामा संलग्न पाँच पक्राउ
दाङ । दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी, सोही ठाउँका २३ वर्षीय राजु विक र ३२ वर्षीय कृष्णबहादुर चौधरी रहेका छन् ।
उनीहरुलाई गढवा गाउँपालिका–६ मानपुर भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । निजहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १३२ बमोजिम हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको पाण्डेले जानकारी दिए ।
यसैगरी एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने १८ वर्षीय मुकेश विकलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । बुधबार पाँच वर्षीया बालिकालाई घर नजिकको खोलामा लगी जबर्जस्ती करणी गरेको भन्ने अभियोगमा पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
निज विकलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहको दाङ प्रहरीले जानाएको छ । बालिका उपचारपछि हाल सामान्य अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गरिनुपर्छ’
काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ...
-
बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा २९ लेखापढी व्यवसायी पक्राउ
विराटनगर । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट २९ जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा...
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
सहारा नेपाल साकोसको २९औँ साधारण सभामा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सलकपुर (मोरङ) । “मेरो गौरव, मेरो सहारा सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ सहारा नेपाल बचत तथा ऋण...
-
रवि र छविको मुद्दामा आज पेसी !
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको पेसी आज तोकिएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम...












