ताजा समाचार

क्लब संचालक जोगाउन एसएसपी लामाको चलखेल, विवादका बादशाह बन्ने खतरा !

काठमाडौं । डेभाजू क्लबका संचालकमाथि ठगिको अभियोगमा पक्राउ पुर्जी जारी भएको ६ महिनासम्म पक्राउ नगर्दा प्रहरी नै शंकाको घेरामा तानिएको छ ।

क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले उनीहरुलाई पक्राउ गरन आदेश नदिनुका साथै आलटेल गरेर टार्न खोज्दा अभियुक्तहरु खुलेआम बजारमा हिडिरहेको खवर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपैयाँ नतिरेपछि उनी न्यायका लागि प्रहरीमा पुगेको भएपनि प्रहरीले झुलाउन र अभियुक्तसँगै साँठगाउँठ गरी मुद्दा दर्ता नगरेको पाइएको समाचारमा उल्लेख छ ।

प्रहरीले ३ जनाविरुद्ध गत असोज १७ गते पक्राउ पुर्जी जारी गरेको भएपनि एसएसपी लामाले भोलि भोलि भन्दै पीडित श्रेष्ठलाई पीडामाथि पीडा दिने कामलाई निरन्तरता दिएका छन् ।

यस्तै यसअघि काठमाडाैंको नयाँ बसपार्कमा हतियार कारोबारी भन्दै इन्काउन्टरको नाममा वाइसिएल नेपालका काभ्रे जिल्ला इन्चार्ज अभिलास तामाङमाथि गोली प्रहार भएको घटनामा समेत लामामाथि छानविन गर्न माग गर्दै पूर्वमाओवादी नेताहरु गृहमन्त्री राम बहादुर थापालाई ध्यानाकर्षण गराउन मन्त्त्रालय मै पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org