ताजा समाचार

पूर्वमन्त्री न्याैपानेसहित अन्य १४ जना विरुद्ध साढे ३१ करोड बिगो मागदावीसहित भ्रष्टाचार मुद्दा

काठमाडाैं । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार विशेष अदालतमा ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो मागसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

न्यौपानेसहित समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रविन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक टेकबहादुर गुरुङ, प्रमख सञ्चालक रविन्द्र गुरुङ, परिषदका तत्कालिन कोषाध्यक्ष रत्त गाहामगर, तत्कालिन निर्देशक मदन प्रसाद रिमाल, तत्कालिन उपनिर्देशक बलबहादुर स्वार, तत्कालिन कानूनी सल्लाहकार प्रेम सिंह धामी र जगदेव चौधरीलाई विपक्षी बनाइएको छ।

समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको अख्तियारले दावी गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org