भरतपुर रंगशालाको भविष्य अन्याैलमा, धुर्मुस-सुन्तलीले आफूखुशी गरेको आरोप !
काठमाडौं । बहुचर्चित र विवादीत बनेको भरतपुर क्रिकेट रंगशालाको नाममा विवाद देखिएको छ ।
धुर्मुस–सुन्तलीले रंगशाला निर्माण गर्ने भन्दै मलेसियामा सहयोग संकलनमा निस्केपनि नाममा विवाद निस्किएपछि रंगशालाको भविष्य नै अन्याैलमा परेको छ ।
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नाममै सरकारले रुपन्देहीमा बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक वर्ष २०७५/०७६ को कार्ययोजनामा नै यो रंगशाला समावेश गरेर बजेटसमेत विनियोजन भइसकेको छ ।
सरकारले रुपन्देहीमा रंगशाला निर्माणका लागि बजेट समेत विनियोजन गरिसकेको अवस्थामा धुर्मुस-सुन्तलीले आफू खुशी गरेको भन्दै राखेप असन्तुष्ठ बनेको छ भने कानुनी ढंगले समेत धुर्मुस-सुन्तली चेपुवामा परेका छन् ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले बजेटसमेत विनियोजन गरिसकेकाले यही नाममा रंगशाला बनाउने बताए । उनले भने, ‘हामी लामो समयदेखि रंगशाला निर्माण प्रक्रियामा अघि बढेका हौं र यही नाम रहन्छ ।’
धुर्मुस सुन्तली फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग समन्वय नगरेको उनको आरोप छ । ‘सरकार पहिल्यै अघि बढिसकेको छ, उहाँहरुले हामीसँग समन्वय गर्न पथ्र्यो । अध्ययन गर्नुपथ्र्यो,’ विष्टले भने ।
तर, क्रिकेट रंगशालाको विषयमा फाउण्डसेनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले पटकपटक खेलकुदमन्त्री जगत विश्वकर्मा र सदस्यसचिव विष्टसँग बारम्बार छलफल गरेका थिए । फिल्ड भिजिटमा विष्ट पनि गएका थिए । तर, अहिले उनी यो नाम सरकारले पहिल्यै बुक गरेको बताउँछन् ।
विष्टले थपे, ‘खेलकुदको सर्वाेच्च निकाय भनेको राखेप र खेलकुद मन्त्रालय हो । सम्बन्धित निकायसँग समन्वय नगरिकन जाँदा यस्तै खालका समस्याहरु उत्पन्न हुन्छन् भन्ने कुरा उहाँहरुले बुझ्नुपर्थ्यो ।’
एउटै नामले चाहिँ कत्तिको अप्ठ्यारो पर्छ ? भन्ने प्रश्नमा सदस्यसचिव विष्ट भन्छन्, ‘सकेसम्म नाम नजुध्दा राम्रो ।’
सरकारको पुरानै योजना भएको कारण कुनै पनि हालतमा नाम परिवर्तन नुहुने राखेपका सदस्यसचिव विष्ट बताउँछन् । ‘उहाँहरु आधिकारिक रुपमा आउनु पर्यो नि । उहाँहरुले समन्वय गर्नुभयो भने एउटा विधि खोजिएला । होइन भने हामी आफ्नो नाममा अघि बढ्छौं’ उनले भने ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ पनि सरकारले बनाउन लागेको रंगशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नै रहने बताउँछन् । भन्छन्, ‘सरकारले नाम पहिचान गरेर सैनामैना नगरपालिकामा रंगशाला निर्माणको प्रक्रिया अघि बढाएको हो ।’
तर नामले मात्र खासै समस्या नआउने अध्यक्ष गुरुङ बताउँछन् । ‘नाममा भन्दा पनि काममा राम्रो हुनुपर्छ । राज्यले गर्नुपर्ने काम धुर्मुस सुन्तलीले गर्न खोज्नुभएको छ । उहाँको योगदानलाई कदर गर्नुपर्छ’ उनी थप्छन्, ‘हामीले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला–रुपन्देही’ हुन्छ, उहाँहरुले बनाउने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला– चितवन’ राखे फरक पर्दैन ।’
सरकारले बनाउने रंगशाला कस्तो ?
रुपन्देहीको सैनामैना नगरपालिकामा सरकारले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला पनि बहुउद्देश्यीय हुनेछ, जहाँ बिभिन्न खेलका खेलकुद गतिविधि हुनुका साथसाथै कभर्डहल र खेल मैदानहरु हुनेछन् ।
करिब १७ विघा जमिनमा फैलिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला सुरुवाती समयमा करिब १३ हजार दर्शक क्षमताको हुनेछ । त्यसपछि यसको क्षमता बृद्धि गर्ने सदस्यसचिव विष्ट बताउँछन् ।
सरकारले चालु आर्थिक वर्षमा यो रंगशाला निर्माणको लागि जम्मा ३० लाख बजेट विनियोजन गरेको छ । यो बजेट रंगशालाको डीपीआर निर्माण गर्न मात्रै छुट्याइएको गुरुङ बताउँछन् । उनी भन्छन्, ‘बहुउद्देश्य गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआरको लागि बजेट विनियोजन भएको हो । डीपीआर तयार भएपछि रंगशाला निर्माणको काम अघि बढ्छ ।’
१६ माघमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सम्झौता हँुदा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री विश्वकर्मा पनि उपस्थित थिए । तीन अर्ब लागतमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्नेछ ।
Comments
अरु समाचार
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...