ताजा समाचार

खानेपानी मन्त्री बिना आफैले भनिन्ः मेलम्चीमा मैले १ अर्ब घुस खाएँ रे !

काठमाडाैं । खानेपानी मन्त्री बिना मगरले संसदमा १ अर्ब घुस खाएको भन्दै गलत प्रचार गरेर आफूलाई बदनाम गराउन खोजिएको भन्दै दुःख व्यक्त गरेकी छन् ।

मेलम्ची प्रकरणबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्, ‘मेरो कार्यकालमा ठूलो उपलब्धि भएको छ। हामीले सिएमसीलाई सहयोग गरेका छौं। तर अचानक यस्तो घटना भयो। जसले सिएमसी गए। मिडियाहरुले यति रकम खाएको भन्दै समाचार लेखे तर ८४ करोड १५ लाख म आउँदा भुक्तानी भएको छ। तर केही मिडियाले नियोजित ढंगले बदनाम गराउन खोजिएको छ।’

काम गर्न खोज्दा अनावश्यक रुपमा घुस खाएको भन्दै गलत प्रचार गरेर आफूमाथि षडयन्त्र हुन थालेको तर यस्ता कुराबाट आफूलाई कुनै असर नपर्ने समेत जनाएकी छन् । म आएदेखि जम्मा ८४ करोड १५ लाख भुक्तान भएको छ तर, १ अर्ब घुस खाएको आरोप लगाउछन् केहि मिडियाहरु । अचम्मीत छु । उनले भनिन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org