ताजा समाचार

विप्लवबारे सरकारको माैनता किन ? ओली-प्रचण्ड डराएकै हुन ?

काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम विस्फोट मात्रै गराएको छैन् । उसले वैधानिक रुपमा नै निर्वाचित जनप्रतिनिधिबाट चन्दा अशुल गर्न थालेको छ ।

प्रदेश ५ का जनप्रतिनिधिले तलवको केहि हिस्सा समेत दिएका छन् । तर, सरकारले भने यसको स्वतन्त्र पुष्ठि गर्न मानेको छैन् । पछिल्लो समय घटेका केहि प्रतिनिधि घटनालाई केलाएर हेर्दा विप्लवको पार्टी सरकारसं मुठभेडमा उत्रिने तयारीमा रहेको देखिन्छ ।

सरकारका प्रतिनिधिसंव यसबारे बुझ्न खोज्दा उनीहरु यो या त्यो बहानामा तर्किन खोजेको देखिन्छ । मुलुकमा हिंसाले प्रशय पाउनु हुन्न भन्ने कुरा गरेर नथाक्ने प्रधानमन्त्री समेत माैन रहेपछि जनतामा नैराश्यता छाएको छ । सरकार समेत विप्लवसँग डराएको छ भन्दै केहि मानिसहरु टिप्पणी गर्न थालेका छन् ।

उनीहरु विदेशी लगानी निरुत्साहित पारेर सरकारलाई गलाउने रणनीतिमा रहेको कुरा बुझ्न कठिन छैन् । एनसेलमाथिको आक्रमण र भारतीय लगानीमा बन्न थालेका विभिन्न आयोजनामाथि बम विस्फोटनका घटनाले समेत यसको पुष्ठि गरेको छ ।

तर, सरकारले वार्ताको आह्वान गर्न सकेको पनि छैन भने उचित कदम चाल्न पनि सकेको छैन् । प्रहरेी भने कानुनको अभाव देखाउदै पन्छिन खोजेको छ ।

१० वर्षे जनयुद्ध लडेर स्थापित भएको माओवादीको तप्काले विप्लवको शक्तिलाई राम्ररी आकलन गरेको हुनुपर्छ । तर, यसबारे प्रधानमन्त्री, गृहमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले बोल्ने आँट गरेका छैनन् । विप्लवले खुल्ला रुपमा सरकार प्रचण्ड-बाबुराम र समग्र नेकपालाई नै ठोकेर दलालको संज्ञा दिइसकेका छन् ।

स्थिति भयानक बन्न थालेपनि सरकारले माैनता साध्नुको पछाडि के छ खै ? जनताको अधिकारलाई सुनिश्चित गर्छु भन्ने दुई तिहाईको सरकारले गर्ने भनेको यस्तै हो की ? सरकारले यसको जवाफ दिनै पर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org