ताजा समाचार

बन्दुक बोक्ने मन्त्रीका छोराले निर्मलाको बलात्कार-हत्या गरेका हुन्ः हेमन्तप्रकाश ओली

काठमाडाैं । विप्लव नेतृत्वको नेकपाका मध्य केन्द्रिय कमाण्ड इन्चार्ज तथा स्थसयी कमिटि सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले निर्मला पन्तका हत्यारा बन्दुक बोक्ने मन्त्रीका छोरा भएको दावी गरेका छन् ।

लुम्बिनिभ्वाइससँगको अन्तरवार्तामा बोल्दै उनले निर्मला पन्त जस्ता छोरीहरुले बन्दुक बोक्नुको विकल्प नरहेको भन्दै उनका बलात्कारी हत्यारा अरु कोहि नभएर बन्दुक बोक्ने मन्त्रीका छोरा, एसपीका छोरा र मेयरका भतिजा नै भएको ठोकुवा गरेका छन् ।

अन्तरवार्ताको क्रममा एनसेल बम आक्रमणबारे सुदर्शनले कडा प्रतिक्रिया समेत दिएका छन् । बम आक्रमणबाट मारिएका सिंहप्रताप गुरुङ एनसेलका पूर्व कर्मचारी भएको दावी गरेका छन् । उनले भनेका छन्, उनी एनसेलमा काम गर्ने पूर्व कर्मचारी रहेको हाम्रो सुचना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org