बैठक नै स्तब्ध भएको त्यो हृदयविदारक सूचना
काठमाडौ। दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो ।
सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक कक्षको ढोकाको छेउमै बसेको थिएँ म । बाहिर निस्कने क्रममा सचिव राईले भन्नुभयो, ‘‘बैठक लामै हुने भयो है ।’’
करिब चार÷पाँच मिनेटको अन्तरालमा राई पुनः बैठक कक्षमा प्रवेश गर्नुभयो । सांसदहरुको बहस सकिएकै थिएन । बैठक कक्षमा प्रवेश गर्नसाथ सभापति शशी श्रेष्ठसँग बोल्नका लागि सङ्केत गर्दै राईले भन्नुभयो, ‘‘अत्यन्तै दुःखद् खबर आयो म निस्कनुपर्ने भयो ।’’
चर्को बहस भइरहेको बैठककक्ष शान्त भयो । मैले छेउमा रहेका साथीहरूलाई भनेँ, ‘‘सिरियस भएर फर्कनुभयो सचिवज्यू, के भएछ ?’’ केही बेरपछि गला अवरुद्ध शैलीमा सचिव राईले थप्नुभयो ‘तेह्रथुमको विमानस्थल अनुमगनका क्रममा जानुभएका माननीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी त्यहाँबाट ताप्लेजुङको पाथीभरा पुग्नेक्रममा दुर्घटनामा परेको खबर आयो । एयर डाइनेस्टीको हेलिकोप्टरमा उहाँ जानुभएको थियो । साथमा डाइनेस्टीकै मालिक आङछिरिङ शेर्पासहित छ जना रहेको प्रारम्भिक सूचना छ ।’
सचिव राईको सूचनामा बैठकक्ष स्तब्ध बन्यो । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लले लेखेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत,आजै दिउँसो ३ बजे प्रदेशसभामा प्रस्तुत गरिने
काठमाडौं । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ...