ताजा समाचार

टुँडिखेलमा श्रद्धाञ्जली सुरु, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा !

काठमाडाैं । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिने कार्यक्रम सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएकी छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । भने, सरकारी निकायका अन्य विशिष्ठ व्यक्ति, कुनैतिक नियोगका प्रमुख, लगायत संवैधानिक नियोगका प्रमुखहरुले श्रद्धाञ्जली दिएका छन ।  मन्त्री अधिकारीसहित अन्य मृतकलाई श्रद्धाञ्जली दिन मानिसको भीड लागेको छ ।

सो दुर्घटनामा यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका पाइलट प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुव भोछिभाया र प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालको निधन भएको थियो।

उनीहरूको शव हिजै श्रद्धाञ्जलीका लागि टुडिखेलमा राखिने कार्यक्रम तय भए पनि डिएनएबाट शव पहिचान गर्ने समय लाग्ने भएपछि हिजो कार्यक्रम आजलाई सारिएको हो । उनीहरूलाई ११ बजेसम्म श्रद्धाञ्जलीका लागि टुँडिखेंलमा राखिनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org