ताजा समाचार

डेजाभु क्लबका अध्यक्ष श्रेष्ठद्वारा साढे तीन करोड ठगी, ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौं । दरबारमार्गस्थित देजाभु डिस्कोका तत्कालीन अध्यक्ष मनोज श्रेष्ठ साढे तीन करोड रुपैयाँ ठगी गरेर बेपत्ता भएपछि प्रहरीले ‘डिफ्युजन नोटिस’ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरीले उनीविरुद्ध ‘डिफ्यूजन नोटिस’ गरेकोे हो । आफू ठगिएको भन्दै विश्वराज श्रेष्ठले मनोजविरुद्ध उजुरी गरेपछि प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरेको थियो ।

हङकङमा लुकिछिपी बसेको खुलेपछि प्रहरीले उनीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो ।

साढे तीन करोड ठगी गरेको उजुरी

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले मनोजविरुद्ध साढे तीन करोड रुपैयाँ ठगी गरेको उजुरी परेको बताए । ‘मनोजविरुद्ध साढे तीन करोड रुपैयाँ ठगी गरेको उजुरी परेपछि हामीले अनुसन्धान सुरु ग(यौँ, उनी हङकङमा खुलेपछि ‘डिफ्युजन’ नोटिस जारी गरिएको छ,’ उनले भने ।

प्रहरीका अनुसार मनोजले विश्वराजलाई डिस्कोको सेयर अनधिकृत रूपमा बेचेका थिए । त्यसबापत उनले विश्वराजसँग दुई करोड रुपैयाँभन्दा धेरै रकम लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org