ताजा समाचार

माया एउटासँग स्वयंवर अर्कैसँगः मण्डपबाटै भागेर बेहुलीले गरिन प्रेमीसँग विवाह !

जनकपुर । इच्छा विपरित विवाह हुन लागेपछि धनुषामा एक युवतीले विवाहस्थलबाटै टाप कसेकी छन् । धनुषाको सहिदनगर नगरपालिका वडानम्बर ३ यदुकोहास्थित महराटोल बस्ने दलित समुदायकी २० वर्षीया युवती स्वयंवर गरेको बेहुलालाई छाडेर प्रेमीसँग भागेकी हुन् ।

विवाह मण्डपमा उपस्थित भएका जन्ती र बेहुलालाई नै अन्याैलमा पारेर भागेकी दलित समुदायकी ती युवतीले भागी विवाह गरेकी छन् । अहिले सो गाउँमा बेहुला पक्ष र बेहुली पक्षवीच छलफल भइरहेको छ । स्थानीयका अनुसार भाग्ने बेहुलीको इनरबा टोलका एक युवकसँग प्रेमसम्बन्ध रहेको थियो ।

अन्दाजी १ वजे तिर स्वयंवर गरिएको थियो तर, स्वयम्बर लगत्तै बेहुली बेहुला, परिवारजन तथा जन्तीको समेत आँखा छलेर भागेको इलाका प्रहरी कार्यालय यदुकाहाले जनाएको छ ।

बेहुली फरार भएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । यस्तो अनौठो घटना धनुषामै पहिलोपटक भएको बताइएको छ । प्रहरीले बेहुला र बेहुली दुवैको नाम गोप्य राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org