ताजा समाचार

कम्युनिष्टले अर्को कम्युनिष्टलाई प्रतिबन्ध र दमन अवसानको बाटो: डा बाबुराम भट्टराई

काठमाडौ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले कम्युनिष्ट सरकारले अर्को कम्युनिष्ट समुहलाई प्रतिबन्ध लगाउनु अवसानको बाटो भएको भन्दै सरकारलाई कडा प्रहार गरेका छन् ।

डा. भट्टराईले फेसबुकमा लामो स्ट्यटस लेख्दै भनेका छन्, मार्क्सले भनेजस्तै इतिहास दुई पटक दोहोरिने र पहिलोपटक वियोगान्त र दोश्रो पटक मजाक भन्दै सरकारले मजाक गरेको तर्फ इङ्गित गरेका छन् ।

एउटा कम्युनिष्ट सरकारले अर्को कम्युनिष्टलाई प्रतिबन्ध र राज्यको शक्ति प्रयोग गर्ने घोषणा गर्नु लज्जास्पद भएको भन्दै जर्मनीको कुरा खोतलेका छन् ।

सन १९१९ अर्थात् ठिक सय वर्ष पहिले जर्मनीमा समेत सोसिएल डेमोक्रेटिक पार्टी जर्मनीले कम्युनिष्ट पार्टीजर्म नीलाई प्रतिबन्ध दमन गरेपछि नेताहरुको बीभत्स हत्या भएको र छिमेकी भारतमा समेत १९६७-०७२ मा सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध दमग गर्दा चारु मजदुर लगाएत नेताहरुको हत्या भएको स्मरण गर्दै सरकारलाई सचेत समेत गराएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org