ताजा समाचार

सरकारले दिशा छाड्यो,विप्लव उग्र बामपन्थीः बाबुराम भट्टराई

काठमाडाैं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार ठिक ढंगले चलन नसकेको आरोप लगाएका छन् ।

सरकार संगतीपूर्ण ढंगले चल्न नसकेको भन्दै विप्लवमाथि एकैपटक प्रतिबन्धको निर्णय गर्नु सरकारको क्षमतामाथिको प्रश्न भएको भट्टराईले ठोकुवा गरेका छन् । यसमा थप्दै उनले विप्लवलाई राजनीतिक उग्र बामपन्थीको बाटो लिएको समूह भनेका छन् । विप्लवलाई वार्तामा बोलाउने नभए राजनीतिक वैचारिक ढंगले बुझाउने कोसिस गर्दै जनतालाई उनका आन्दोलनबारे बुझाएर गल्ति कमजोरीलाई सच्याउन आग्रह गर्दा समेत नमानेमा बल प्रयोग गर्नु पर्नेमा सरकारले हतार गरेको समेत उनको बुझाई रहेको छ

डा. सिके राउतलाई रातारात अदालतको फैसलाबाट जसरी बाहिर ल्याएर तामझाम देखाइयो त्यो नै गलत हो । सिकेले पृथकतावादलाई प्रसय दिदा पनि सरकारले किन यस्तो गर्न खोजेको हो जनता आश्चार्यमा परेका छन् । भट्टराईले भनेका छन् ।

यस्तै भट्टराईले थारु विद्रोको क्रममा भएको घटनामा दोषी ठहर गर्दै रेशम चाैधरीलाई सर्वस्वसहित जन्म कैदको सजाय सुनाउनु समेत गलत रहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org