ताजा समाचार

विप्लवका नेता कार्यकर्ता भेटिए घुडामुनी गोली हान्न निर्देशन

काठमाडौं । सरकारले विप्लव नेतृत्वका नेता कार्यकर्तालाई घुडामुनी गोली हान्न निर्देशन दिएको छ ।

सुरक्षा खतरा बढेको भन्दै सरकारले यस्तो निर्देशन दिएको जनाइएको छ । विप्लवका नेता कार्यकर्ताले आफ्ना गतिविधि तीब्र बनाउन थालेपछि केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ ।

सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने ।

विस्फोट र आगजनीका घटना बढाएरका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने उनीहरुको कुनै योजना नदेखिएको उनीहरुको विश्लेषण छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org