दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न सभामुखको आग्रह
बुटवल । सभामुख कृष्णबहादुर महराले मानवअधिकार संरक्षणका विषयमा आफू सदैव सकारात्मक रहेको बताए ।
मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज उनकै कार्यकक्षमा गरेको भेटमा समाजका तर्फबाट दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न गरेको आग्रहप्रति सभामुख महराले समाजले अघि सारेका विषयप्रति आफू सकारात्मक भएको बताए ।
सभामुख महराले यस्ता विषयमा आफूले पनि सरकारको ध्यानाकर्षण गराउने र संसद्मा यो विषयले प्रवेश पाएमा आफूले रोम विधान अनुमोदनका लागि पहल गर्ने बताएको भेटपछि समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यस अवसरमा सभामुख महराले मानवअधिकार संरक्षणका विषयमा आवश्यक कानून निर्माणलगायत दण्डहीनताका विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउन पनि शान्ति समाजलाई आग्रह गरेका छन् ।
भेटमा समाजका तर्फबाट दण्डहीनताको अन्त्यका लागि ठोस कदम चाल्न आग्रह गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्ने र त्यसका लागि विशेष पहल गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधिमण्डलमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, वरिष्ठ उपसभापति गोविन्द खनाललगायत अधिकारकर्मीहरु थिए । शान्ति समाजले प्रत्येक वर्ष चैत १७ को सेरोफेरोमा सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनताको अन्त्यका लागि योगदान गर्न सबै पक्षलाई आग्रहसहित अभियान सञ्चालन गर्दै आएको छ ।
Comments
अरु समाचार
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...