ताजा समाचार

प्रश्नपत्र आउट भएपछी एसइई परिक्षा रद्द !

धनुषा । प्रश्नपत्र बाहिरिएपछी एसइईको परिक्षा रद्द भएको छ ।

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ ।

शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै आउट भएको थियो । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि समाजिक विषयको परीक्षा स्थागित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत रहने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org