ताजा समाचार

प्रदेश २ को एसइई परिक्षा स्थगित, चैत्र २२ देखि फेरि हुने !

काठमाडौं । प्रदेश २ मा प्रश्नपत्र धमाधम बाहिरिएपछि बाँकी सबै परिक्षा स्थगित गरिएको छ ।

शिक्षा मन्त्रालयमा आयोजित प‍त्रकार सम्मेलनमा बोल्दै शिक्षामन्त्री पोखरेलले सबै परिक्षा स्थगित गरिएको जानकारी दिएका हुन् । प्रदेश २ मा रहेका २ सय ६२ वटा परीक्षा केन्द्रमा मै परिक्षा स्थगित गरिएको मन्त्री पोखरेलले जनाएका हुन् । माध्यामिक शिक्षा परीक्षा संचालन तथा व्यवस्थापन उच्चस्तरीय स’रक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, अगामी परीक्षा २२ चैतदेखि पुनः सुरु हुने प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहका स्वकिय सचिव राजकुमार यादवले जानकारी दिए ।

आगामी २२ चैतदेखि विज्ञान विषयको परीक्षा हुने गरी नयाँ तालिका बनाउने काम भइरहेको स्वकिय सचिव यादवले जानकारी दिएका छन् । गत १४ चैतमा विज्ञान र १५ गते समाजिक विषयको प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षा रद्द गरिएको हो ।

परीक्षा रद्द भएपछि प्रदेश, २ का नियमित तर्फका विद्यार्थी आन्दोलित भएका छन् । उनीहरुले संघीय शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org