प्रदेश २ का लागि एसइईको प्रश्नपत्र छपाई प्रक्रिया सुरु
काठमाडौं । प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ ।
आज आइतबार बस्ने एसईई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसईई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ ।
‘हामी नयाँ प्रश्नपत्र छपाइ गर्ने तयारीमा लागेका छौं– एसईई कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने । उनले प्रदेश नम्बर २ का लागि नयाँ प्रश्नपत्र छपाइ प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिए ।
पनिकाले सबै विषयमा झन्डै दुई दर्जनभन्दा बढी विषयमा प्रश्नपत्र छपाइ गर्नुपर्ने हुन्छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१ गतेसम्मको परीक्षाको अवस्था हेरेपछि मात्रै थप प्रश्नपत्र छपाइ गर्ने तयारी गरिरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
आज बस्ने बोर्ड बैठकले प्रदेश २ को परीक्षाको तालिका र प्रश्नपत्र छपाइ गर्ने विषयमा निर्णय गर्नेछ । प्रश्नपत्र छपाइ गर्न जनक शिक्षा सामग्रीको सुरक्षण मुद्रणालयलाई तयारी अवस्थामा रहन मन्त्रालयले प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...