ताजा समाचार

आज दिनभर काममा नफर्किए सरकारी चिकित्सकलाई कारबाही !

काठमाडौं । समायोजनमा जाँदा कनिष्ठ भइने र बडुवामा समेत समस्या पर्ने भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरु आजदेखि कामममा नफर्किए कारबाही हुने सरकारले चेतावनी दिएको छ ।

सरकारले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै काममा फर्कन ध्यानाकर्षण गराएको थियो । तर, चिकित्सकहरु माग पुरा नभएसम्म काममा नफर्किने भन्दै अडान कसेपछि मंगलबार काममा नफर्किए सरकारले आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चिकित्सकहरु दिनभरमा कामम फर्किने विश्वास लिएको जनाएका छन् । चिकित्सकका कतिपय मागमा वार्ता हुनसक्ने भन्दै प्रवक्ता श्रेष्ठले भने, उहाँहरुका जायज माग पुरा गर्न सरकार तयार छ । बडुवा, वृत्तिविकासमा बाधा नहुने गरी व्यवस्था मिलाउन सरकार तत्पर छ ।

यदि उहाँहरु नियमित काममा फर्किनु भएन भने प्रचलित कानुन बमोजिम कारवाही हुन्छ । मन्त्रालयले यसबारेमा हिजै प्रष्ट पारिसकेको छ ।’ प्रवक्ता श्रेष्ठले भने ।

सरकारी डाक्टरहरु संघीय सरकार मातहत मात्रै रहनुपर्ने भन्ने माग भने कानुन विपरित रहेको भन्दै सरकारले त्यसमा वार्ता नहुने प्रष्ट पारेको छ । कानुनले नै संघमै रहनुपर्ने भन्ने मागलाई अस्वीकार गरिसकेकाले अन्य विषयमा वार्ता हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जनताको करबाट चलेपछि सेवा रोक्न नहुने भन्दै यसबारे जानकारी गराइसकेको छ । कानुनमा व्यवस्था भएअनुसार, आवश्यक सेवा संचालन ऐन अनुसार सरकारले हड्ताल निषेध गरेको ठाउँमा हड्ताल गर्ने वा भाग लिने व्यक्तिलाई ६ महिनासम्म कैद र जागिरबाट समेत बर्खास्ती हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org